नारायण प्रशाद रेग्मी
पचासको दशकको पुर्बार्धमा कोल्टी बजार गुल्जार भई सकेको थिएन। एर्पोर्टका कारण बजार विस्तारै बढ्दै थियो।हुम्ला र मुगुका मानिसलाई समेत कोल्टी भएरै आउजाउ गर्नु पर्ने भएकोले बजारमा चहलपहल बढ्ने क्रम बढ्दो थियो।घर बनाउने र दोकान खोल्ने लहर चलेको थियो।
कोल्टी गाउॅ भने आफ्नै लयमा थियो।ठूलो जिउलो, रहर लाग्दो बगर, उब्जनीयुक्त लेकका कारण गाउॅमा अन्नको अभाब थिएन।गाउॅलेले गाई,भैसी,बाख्रा,भेडा देखि घोडा सम्म पालेको हुन्थे।गाउॅका आफ्नै नीति नियम हुन्थे।गाउॅका भद्रभलाद्मीको मर्यादा पनि उॅचो हुन्थ्यो। कुलो देखी बाटो, चौतारी देखि विद्यालय निर्माणमा समेत गाउॅले आफै अघि सर्थे।
गाउॅलेहरू अॅागनमा चीलगाडी बस्दा चीलगाडी नै आफ्नो जस्तो ठान्थे। बजारमा नयॅा घर बन्दा पनि आफ्नै ठान्थे।कोल्टी चौरको हरियो दुबोमा लुटिपुटि गरी खेल्दै गरेका हामी केटाकेटी पनि चीलगाडीको साइरन सुन्ने बित्तिकै बजार पुग्थ्यौं र बजारमा चिलगाडी र जुलेबि हेरेर फर्किन्थ्यौं। त्यो बेला न चीलगाडी चढ्न पाइन्थ्यो न जुलेबि खान।चीलगाडीको ढोका टेक्न र जुलेबीको स्वाद चाख्न नपाए पनि हाम्रा लागि त्यो बजार र चीलगाडी आफ्नै लाग्थ्यो।
समयसॅगै चीलगाडीमात्र हैन गाडी पनि अॅागनमै पुग्यो।बजार बिस्तार भएर घरसॅगै जोडियो। बिजुली बलेको छ।जिउलामा घर ठडिए। बजार गुल्जार छ।गाउॅलेले कहिल्यै नदेखेका चिज अॅाखै अगाडि देखे। हुनेले किनेर खाएका छन्, नहुनेले हेरेरै चित्त बुझाएका छन्। तर, गाउॅमा अनाजको बिउ पाइदैंन।थिति थला परेको छ।युवा भेटिंदैनन्।भेटिएका कि त एडिक्सनमा छन्, कि डिप्रेसनमा छन्।खेति गर्न लाज मान्ने संस्कृति मौलाउॅदो छ।बिकृति मेरो योजना, मेरो विकास र मेरो समिति सम्म पुगेको छ।
बिश्वबिख्यात राजनीतिज्ञ महात्मा गान्धीले भन्नु भए झैं शहरीकरणले बिस्तारै गाउॅ र गाउलेको स्वत्व विनास गरेको छ।अचेल, जोडिएको बजार गाउॅलेलाई आफ्नो लाग्दैन।चिलगाडी आए गएको वास्ता हॅुदैन।कुलो भत्केर जिउलाको धान सुक्दा पनि गाउॅलेको मन दुख्दैन। कोल्टी चौरमा गाडी गुड्दा उडेको धुलो ओछ्यानमै पुगे पनि गाउॅले विन्दास छन्।अॅागनको स्कूल बिग्रेकोमा बेखबर छन् ।आफ्नै केटाकेटी हेर्दा हेर्दै कुलतमा फसेको देख्दा पनि चिन्तित छैनन्।गाउॅको सिरानको डाडोबाट आएको पहिरोबाट पनि बेफिक्री छन्।कुलोको बजेट माग्न नेता गुहार्दै ठिक्क छन्।
स्वत्व गुमाएको मेरो गाउॅ बजारीकरणको अभियानबाट अतिक्रमित भएको छ। गाउॅ उठ्नै नसक्ने गरी थिचिएको छ। आफ्नो मूल्य गुमाएको गाउॅ बिजुलीले राती उज्यालो त हुन्छ तर गाउॅलेका मन उज्यालिंदैनन्। तीन दशक भित्रैको यो परिवर्तनबाट हामीले हिंडेको बाटो गलत थियो र छ भन्ने आभास सबैलाई छ तर कोहिपनि मुख खोल्दैनन्।
आफ्नो स्वत्व सक्ने यो वतासे विकासले सबैलाई उडाउने त निश्चित छ तर बढी वजन भएकाहरू आफूलाई कसैले उडाउन नसक्ने भ्रममा बॅाचिरहेका छन्।
लेखक: नारायण प्रशाद रेग्मी नेपाल सरकारका सहसचिव हुनुहुन्ने