२०८१ साल असार ७ गते बिहिबार

/ शतप्रतिशत बालबालिकामा खोपको पहुँच पुगे संगै बुढीनदा पुर्ण खोप सुनिश्चिता पालिका घोषणा

शतप्रतिशत बालबालिकामा खोपको पहुँच पुगे संगै बुढीनदा पुर्ण खोप सुनिश्चिता पालिका घोषणा

जीवन कैला,बाजुरा ।

पुर्ण खोप, सुरक्षित भविष्य भन्दै बाजुराको बुढिनन्दा नगरपालिकालाई पुर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागीता, पुर्ण खोप सुनिश्चिता, हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ नगरपालिकालाई आज एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा नगरप्रमुख जनक कुमार वोहोराले ब्यानर अनावरण गर्दै पालिकालाई पुर्ण सुनिश्चितता पालिका घोषणा गर्नुभएको हो । 

नगरपालिका भित्रका खोप लाउने उमेर समुहका सवै बालबालिका खोपको पहुँचमा पुगे सङ्गै पालिकालाई पुर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले जानकारी दिनुभयो । गत वैशाख ३ गते देखि ७ गते सम्म पालिका अन्र्तगतका दश वटै वडाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकाको प्रत्यक्ष सहभागितामा घरधुरी सर्वेक्षण गर्दा सवै वालवालिका खोपको पहुँचमा पुगेका भए पनि केही वालवालिका पुग्न नसकेका र केहीले आशिंकरुपमा खोप लगाउने गरेका पाईएको थियो । 

खोप लगाए, नलाएको वारे जानकारी लिन पाचँ दिन सम्म निरन्तर गरिएको घरधुरी सर्वेक्षण अनुसार जन्मे देखि १५ महिना सम्मका ४ सय ९४ जना वालवालिकाले नियमित खोप लिईरहेका, १६ देखि ५९ महिना सम्मका १ हजार २ सय ५९ जना वालिवालिकाले नेपाल सरकारको राष्ट्रिय खोप तालिका बमोजिम लगाउनु पर्ने सवै प्रकारका खोपको मात्रा पुरा गरेका, पाचँ जना वालवालिकाले कुनै पनि खोप नलगाएका र ९३ जना वालवालिकाले आशिंकरुपमा खोप लगाएका भेटिएको उहाँले बताउनुभयो । 

प्रत्येक घरधुरी सर्वेक्षण प्रश्चात गत वैशाख १५ गते देखि १८ गते सम्म देशब्यापीरुपमा चलेको खोज र खोप अभियानमा खोप लगाउन छुट्न गएका र पुरा खोप नलगाएका वालवालिकामा खोप पुरा भए संगै नगरपालिकामा हाल कुनै पनि वालिवालिका खोप लगाउनबाट बन्चीत नरहेका स्वास्थ्य संयोजक शाहीले बताउनुभयो । हाल नगरपालिकाले शतप्रतिशत वालवालिकामा खोपको पहुँच पुगेकोे दावि छ । 

नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रवक्ता जङ्गवीर रोकाया, वडाअध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत सन्तोश शाह, शिक्षा समिती संयोजक बिर्जन शाही, स्वास्थ्यकर्मी र प्रत्येक वडाका स्वयमसेविकाको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताले पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि सघाउनेलाई धन्यवाद ज्ञापन गर्दै सम्पुर्ण वडा तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मिलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।