२०८१ साल असार २९ गते शुक्रबार

/ किसानलाई दूध झै बर्षियो पानी बालिनाली लगाउने आस पलायो

किसानलाई दूध झै बर्षियो पानी बालिनाली लगाउने आस पलायो

सन्तोष प्रसाद जोशी 

बाजुरा-लामो खडेरि पछि पछिल्लो समय पानी पर्दा किसानहरु खेतबारीमा काम गर्न देखिन थालेका छ्न ।बाजुरा जिल्लाको कोल्टी क्षेत्र लगायत स्वामिकार्तिक खापर गाउँपालिका हिमाली र जगन्नाथ गाउँपालिकाका अधिकांस खेतबारीमा किसानलाई भ्याईनभ्याई भएको हो ।

बिगतका बर्षहरुमा असार लागे लगत्तै पानी पर्थ्यो तर यो बर्ष त्यसो नभै महिनाको मध्यममा पानी पर्दा किसानलाई कामको चटारो परेको हो ।किसानहरुले यतिबेला धान रोप्ने कोदो सार्ने सिमि मकै छर्ने र लगाएको खेतीपाती गोडमेल गर्ने जस्ता काममा किसान ब्यस्त रहेको अबस्था छ ।

दुर्गम तथा पिछडिएका क्षेत्रका किसानहरुले यति बेला मेहनत नगरी खान पुग्दैन ।सुख्खा खडेरीले बल्ल चाहि थोरै भएपनि दूध बर्षे झै भएको छ ।कुण्डा क्षेत्रका नागरिकहरुलाई दुई महिनाको काम निकै तड्पिएर गर्नुपर्छ ।बिडम्बना ३ महिनापनि खाना पुग्दैन ।थोरै भएपनी एक रातको पानीले डाँडाकाँडा हरियाली मनोरम देखिन थालेका छ ।