२०८१ साल कार्तिक २० गते मङ्गलबार

/ कृषि क्रान्तिमा किडार्क नेपाल

कृषि क्रान्तिमा किडार्क नेपाल

सन्तोष प्रसाद जोशी 

बाजुरा- किर्डाक नेपाल र ईसि मोडको साझेदारीमा संचालित रिरास परियोजना अन्तर्गत पाईलोटिङको एक दिने बुढिनन्दा नगरपालिका अंगाउपानीमा हिजो अनुगमन गरिएको छ । वडा नम्बर नौ र दशमा मङगलबार अनुगमन गरियको हो । पालिकाको कृषि क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपाल लगायत अन्य सरकोकारवाला निकायको सहभागितामा अनुगमन गरिएको हो । पालिकामा संचालित कृषी क्षेत्रमा भए गरेका कार्यको अनुगमन गरिएको परियोजा प्रबन्ध निर्देशक गौतम राज अधिकारीले जानकारी दिनुभयो । छोटो समयमै बुढिनन्दा नगरपालिकामा लागू भएको किर्डाक नेपाल नामक सस्थाले बिभिन्न क्षेत्रमा काम गर्दै आईरहेको  उहाँले बताउनुभयो ।

कृषि क्षेत्रमा महिलाको सहभागित बढाई  स्वरोजगार बढाउन र जिबिकोपार्जनमा टेवा पुर्याउने उदेश्यले संस्थाले काम गरिरहेको उहाँले बताउनुभयो ।कृषि क्रान्तिलाई सबल बनाउन र आयआर्जनमा जोड दिने गरि संस्थाले प्रबिधी मैत्री कृषि कार्य संचालन गर्ने गरेको उहाँले बताउनुभयो ।परम्परागत कृषि प्रणाली नभई आधुनिक प्रबिधी मैत्री कृषि कार्य हुन थाले पछि यसमा महिलाको सहभागिता बढेको संस्थाको दाबी छ ।परम्परागत कृषि कार्य झन्झटिलो भएको अबस्थामा आधुनिक मैत्री कृषि प्रबिधि सहज भएको भन्दै महिलाको सक्रियता बढेको समुहका  सदस्यले बताएका छन् ।

प्रबिधि मैत्री कृषि सहायता मात्रै होइन उत्पादन पनि वृद्धि भएको कृषकको अनुमान छ ।उत्पादन मुखी र आयआर्जन थप बलियो बनाउन संस्थाले सक्रिय भएर काम गरेको समुहमा आबद्ध कृसकहरु बताउँ छन् । संस्थाले विभिन्न प्रकारका कृषि सामागी, बीउ बिजन, प्लास्टिक टनेल हाते ट्याक्टर जस्ता यंन्त्र उपकरण दिएर विभिन्न मलहरु उत्पादन गर्दै आईरहेको छ । तरकारी खेतिका लागि गोठे मल बनाउन पनि कृशकलाई प्रेरित गर्दै आएका कृषकहरु बताउँ छन्। 

नगरपालिकामा काम गरिरहेका सबै संघ संस्थाका फोकल पर्सनले बालबालिका महिला र वृद्धबृदाहरुका हकमा काम गर्नुपर्ने बताएका छन् । बाजुरा कृषिको सम्भाबना बोकेको जिल्ला भएको बताउँदै युयान डिपिका प्रतिनिधिले कृषिबाटै बाजुरालाई सम्बृद बनाउन सकिने बताएका छन् ।पालिका लगायत संघ संस्था लगायत सबै निकायले सहयोग गरेमा हरेक चुनौती लाई सजिलै किनारा लगाउन सकिने बताएका छन् ।

दुई महिनाको सिकाईले समुदायमा ठूलो परिवर्तन आएको संस्थाका प्रतिनिधिको दाबी छ ।दिगोपनाको योजनालाई प्रभाबकारी बनाउन समुदायले  दिएका सुझाव सल्लाहलाई अनुसरण गर्न पनि समुदायका मानिसको अहम भुमिका हुने अधिकारीको भनाई छ ।समुदायका मानिसले अपेक्षा राखेभन्दा पनि राम्रो काम गरेको उहाँको भनाई थियो ।विभिन्न उपकरणहरु मार्फत विभिन्न प्रबिधी संग सम्बन्धी उपकरणले सीप सिकाएर आत्मनिर्भर बनाउन मेसिनहरु पनि बितरण गरिएको छ ।

पालिकाको पहिलो ल नागरिक वचाउने संकल्प रहेको नगर प्रमुखले बताउनुभयो । उहाँले शिक्षा स्वास्थ र कृषिमा लगानी गरि अथाह लगानी गरेर काम भैरहेको बताउनुभयो ।अबका सन्ततिलाई मोबाईल भन्दा पनि माटो छुटे बनाउनुपर्ने लक्ष रहेको नगर प्रमुख जनक कुमार बोहराको भनाई  थियो ।