२०८१ साल चैत ४ गते मङ्गलबार

/ कोल्टीबाट बेवारिसे एक घोरलको उद्धार

कोल्टीबाट बेवारिसे एक घोरलको उद्धार

सन्तोष प्रसाद जोशी 

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीबाट घोरलको उद्धार गरीएको छ । शनिबार साँझ करिब ५ बजे तिर नगरपालिकाको भवन अगाडीबाटै नियन्त्रणमा लिएको घोरलको आज उद्धार गरीएको हो । वडा नं २ को नुवाघरबाट एक भाले घोरलको उद्धार गरीएको शिव पादुका सब डिभिजन कार्यालयका वन रक्षक साहीजादा मियाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार करिब डेढ बर्ष उमेरको घोरलको बुढिनन्दा नगर पालिकाका नगरप्रमुख जनक कुमार बोहराका स्वकीय सचिब केशब बोहराले समातेर शिव पादुका सब डिभिजन बन कार्यालयमा बुझाएर आज नेपाल प्रहरी, पत्रकार र सामुदायिक बनका कर्मचारी लगायत स्थानीयको रोहबरमा बनमा छोडेको उहाँले बताउनुभयो ।

३ वटा घोरल जंगलबाट आएको प्रत्यक्षदर्शीले बताए पनि एउटाको मात्र उद्धार गर्न सकिएको उहाँले बताउनुभयो ।