२०८१ साल असार २९ गते शुक्रबार

/ स्वामिकार्तिक खापर गाउँपालिकाको केन्द्र सुईजिउलामा पनि मनाए २१ औ धान दिवस

स्वामिकार्तिक खापर गाउँपालिकाको केन्द्र सुईजिउलामा पनि मनाए २१ औ धान दिवस

सन्तोष प्रसाद जोशी

बाजुरा-जलवायु मैत्री कृषि, उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ बाजुराको स्वामिकार्तिकमा पनि यस वर्ष २१औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । कृषि विकास शाखा र गाउँपालिकाको आयोजनामा पालिकाको केन्द्र सुईजिउलामा अबस्थित खेतमा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।प्रत्येक वर्ष असार १५ लाई कृषकहरुको विशेष पर्वका रुपमा लिइने यो दिनलाई मानु फालेर मुरी उब्जाउने दिनका रुपमा लिइन्छ ।

वर्षभरि एकपटक किसानले खेतमा लगाएको धानले वर्षभरी परिवारलाई खान पुगोस् भन्दै असार १५ लाई नै दहीँ चिउरा खाने र धान दिवसका रुपमा मनाउने गरिन्छ ।कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर देशभरका किसानहरुले हर्षोउल्लासका साथ मनाएका छन् ।

यस्तै पालिकाको केन्द्र सुईजीउलामा मनाइएको धान दिवस तथा रोपाइँ महोत्सवमा गाउँ पालिकाका अध्यक्ष भरत बहादुर रोकायाले नेपाल कृषि प्रधान देश भयता पनि सरकारले कृषकका समस्या समाधान गर्न नसक्दा उत्पादकत्वमा वृद्धि हुन नसकेको बताउनुभयो ।पहाडी जिल्लामा भूगोल र समयमै वर्षा नहुँदा किसानहरु मारमा पर्ने गरेको बताउँदै उहाँले देश कृर्षिमा आत्मनिर्भर बनाउन सरकारले पनि यसको उचित ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नेपालमा धान उत्पादनमा नभई व्यवस्थापनको मुख्य समस्या रहेको कृषि विकास शाखा प्रमुख बिनोद शाहिले बताउनुभयो । नेपालीलाई चाहिने जति धान नेपालमै उत्पादन हुन्छ तर स्वाद अनुसारको धान उत्पादन नभएका कारण परनिर्भर हुन परेको हो उहाँले बताउनुभयो । किसानलाई खेतीप्रति हौसला दिन र सम्मान गर्न यो दिवस मनाइने गरेको उहाँले जानकारी दिनुभयो ।प्रमुख प्रसासकिय अधिकृत अमर बहादुर रोकायाले धान दिवस मनाएता पनि समयमा पानी नपर्दा किसानले लगाएको बाली खासै नसपृएको बताउनुभयो ।

उहाँले बिगतका बर्ष झै यो बर्ष पनि हर्शोउल्लासका साथ मनाएको प्रती खुशी व्यक्त गर्नुभयो । रोपाइँका सहभागी सबैले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सबैले साझा प्रयास र प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।