रेडियो बुढीनन्दा
सुख्खा पहिरोले थुनिएको कवाडी खोला विस्तारै बग्न थालेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दिमा लागेको सुख्खा पहिरोले केही समय कवाडी नदि थुनिएको थियो । विछ्या र क्युडी पहाडको विचमा रहेको कवाडी खोलामा रुम्दीबाट पहिरो खसेर खोला थुनिएको हो । दुई वटा पहाडको विच भएर वहने कवाडी खोला रुम्दीबाट झरेको पहिरोले साँघुरीएको प्रहरीले जनाएको छ ।
आज बिहान साढेँ १० बजेको समयमा रुम्दिमा लागेको सुख्खा पहिरोले कवाडी नदि थुनिदा आसपासका वस्ति जोखिममा परेका थिए । सुख्खा पहिरोले करीव दुई घण्टा जति थुनिएको नदि अहिले बग्न थालेको कवाडी प्रहरीले जनाएको छ । सुख्खा पहिरोले थुनिएको खोलामा पानीको सतह विस्तारै घट्दै जान थालेको अस्थायी प्रहरी पोष्ट कवाडीका प्रहरी हल्वदार दिलीप चन्दले जानकारी दिनुभएको छ । पहिरो खस्ने क्रम जारी रहे पनि थुनिएको पानी भने बग्न थालेको उहाँले बताउनुभयो ।
तर जोखिम कायमै रहेकाले आसपास क्षेत्रका नागरीकलाई सचेत रहने स्थानीय तहले आग्रह गरेका छन् । कवाडी खोला, कर्णाली नदी भएर बग्ने भएकाले नदी तथा खोला आसपास क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको हो । हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै कर्णाली नदिमा पानीको वहाव वढ्न सक्ने भन्दै नदी आसपास वसोवास गर्ने नागरीकलाई सचेत हुन अपिल गरेका छन् ।