२०८१ साल माघ ९ गते बुधबार

/ काठेपुल भासिँदा बुढीनन्दामा एक युवक वेपत्ता ।

काठेपुल भासिँदा बुढीनन्दामा एक युवक वेपत्ता ।

बाजुरा 

बाजुरामा खोलामा बगेर आज एक युवक बेपत्ता भएका छन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तीन लौठारुख वस्ने गंग ल्वार चम्लाया खोलामा बगेर आज दिउसो बेपत्ता भएका हुन । वडा नं तीनको पोखा्र लेखबाट भैसि लिएर जार्ज जाने बेला अन्दाजी २७÷२८ वर्षिया ल्वार खोलामा बगेर बेपत्ता भएका स्थानिय सिताराम वोहोराले जानकारी दिनुभयो । चम्लाया खोलामा रहेको काठे पुल भासिँदा स्थानिय ल्वार संगै भैसिको पाडो समेत बगेर वेपत्ता भएको उहाँले बताउनुभएको छ । वर्षाका कारण जीर्ण बन्दै गएको काठेपुल भासिँदा स्थानिय ल्वार संगै एउटा गोरु, भैसि र भैसिको पाडो सहित खोलामा खसेका वडा नं तीनका वडाअध्यक्ष जंगवीर रोकायाले बताउनुभयो ।

उहाँले पुल भासिँएर खोलामा खसेका मध्य स्थानिय ल्वार र भैसिको पाडो हाल सम्म बेपत्ता रहेका बताउनुभयो । खोलामा खसेको केही समय पछि भैसि र गोरु जोगिए पनि ल्वार र भैसिको पाडो बेपत्ता रहेका उहाँले बताउनुभएको छ । बेपत्ता ल्वारको स्थानिय र ईलाका प्रहरी कार्यालय कोल्टीको प्रहरी टोलीद्धारा अहिले खोजीकार्य भईरहेको उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक सुरत शिहंले खोजी कार्यका लागि कोल्टीबाट दिउसो साढेँ एक वजे प्रहरी टोली घटनास्थल तर्फ पठाईएको जानकारी दिनुभएको छ । प्रहरी सहायक निरीक्षक दुर्गाशिहं धामी नेतृत्वको पाचँ जनाको टोली खोजी कार्यका लागि त्यस तर्फ गएको उहाँले बताउनुभयो ।

दानँसागु खोलाबाट खोजी गर्दै गएको प्रहरी टोलीलाई घटनास्थल पुग्न अझै समय लाग्ने उहाँले बताउनुभएको छ । साढेँ पाचँ घण्टा सम्म कुनै अवस्था पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको समेत उहाँले बताउनुभएको छ । बाजुरामा पछिल्लो समय खोलामा वगेर मृत्यु हुनेको संख्यामा वृद्धि हुन थालेको छ । खोलामा झोलुगें पुल नभएको अवस्थामा जीर्ण अवस्थाका काठे पुलबाट आवत जावत गर्नु पर्दा यस्ता घटना वर्षेनि वढ्न थालेका छन । बाजुरामा ९ दिनको अन्तरमा खोलामा बगेका दुई वटा घटना भएका छन ।

गत साउन ३० गते स्वामीकार्तिक खापर गाउँपालिका एक मुक्तिकोट वस्ने ६५ वर्षिया गोवा विकको खोलामा बगेर मृत्यु भएको थियो । वृद्ध भत्ता  बुझ्न  गाउँपालिका पुग्नुभएकि विकको घर फर्किने बेला रुडि खोलामा बगेर मृत्यु भएको थियो । बाजुराका अधिकासं खोलामा झोलुङ्गे पुल नहुदा स्थानियलाई काठे पुलबाट जोखिम मोलेर आवत जावत गर्नु पर्ने परेको छ । पुल नभएको अवस्थामा हरेक वर्ष वर्खा सिजनामा ज्यान जोखिममा राखेर आवत जावत गर्नु पर्ने बाजुरावासिको वाध्यता छ । हिउदे सिजनमा वार पार गर्न सहज भए पनि वर्खा सिजनमा कठिनाई हुने गरेको स्थानिय बताउछन ।