सर्मिला रोकाया
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा तरकारी खेतीमा आवद्ध अगुवा कृषकहरुका लागि दुई दिने तालिम सम्पन्न गरेको छ । ग्रेप परियोजना तथा जी.आइ.जेटको आर्थिक सहयोगमा गिप्ट नेपालले अगुवा कृषकका लागि लागत, लाभ, विश्लेषण तथा बजारमुखि तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको हो ।
नगरपालिका भित्रका कृषकले गरीरहेको तरकारी खेतिलाई थप व्यवस्थित तथा लाभमुखि बनाउनका लागि तालिम प्रदान गरीएको गिप्ट नेपाल बाजुराद्धारा संचालित जलवायू उत्थानशील कृषिका कार्यक्रम अधिकृत गोपी चटौतले जानकारी दिनुभएको छ । उहाँले कुनै पनि तरकारी लगाउँदा लाभमुखि अर्थात बजारमुखि कृषि खेती कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको बताउनुभयो ।
उहाँले तालिममा किसानलाई तरकारी खेतीबाट भएको आम्दानि तथा खर्च विवरणलाई जोड घटाउ गर्न सिकाईएको बताउनुभयो । तरकारी खेति गर्दा के के कुरामा लागत लाग्छ र कति खर्च हुन्छ भन्ने वारेमा पनि किसानलाई जानकारी प्रदान गरीएको छ । तरकारी खेतिबाट भएको कुल आम्दानिबाट खर्च घटाएर कति नाफा भयो कि अर्थात घाटा भयो भन्ने हिसाव किताव गर्न सिकाईएको बताउनुभयो ।
शनिवार बाट होटल लुम्बिनीमा सञ्चालन भएको तालिमको अर्थशास्त्र विज्ञ हरीप्रसाद सुवेदीले प्रशिक्षण गर्नुभएको चटौतले बताउनुभयो । दुई दिन सम्म सञ्चालन भएको तालिममा नगरपालिका भित्रका ४० जना अगुवा कृषकको सहभागिता रहेको थियो ।