२०८१ साल असार २९ गते शुक्रबार

/ साईकल यात्रीको सोख

साईकल यात्रीको सोख

सन्तोष प्रसाद जोशी 

बाजुरा -आत्मा र रास्ट्र शान्तिका लागि ७५३ स्थानीय तहमा पैदल तथा साईकल द्वारा यात्रा गर्ने ७२ बर्शिया रामभक्त कौडिन्य प्याकुरेल बाजुराको हिमाली गाउँपालिकामा ६२६ औं  पालिकामा सोमबार बिहान पुग्नुभयो ।कोशी  प्रदेशको ईटहरीमा बस्दै आएका प्याकुरेल साईकल तथा पैदल यात्रामा २०७८ मंसिर ९ गतेबाट यात्रा सुरु गर्नुभएको रहेछ ।

नेपाल अधिराज्य भर साईकलको यात्राका क्रममा हिमाली गाउँपालिका आइपुगेका साइकल यात्रीले सहयोग याचना गरेका छन् । साइकलमार्फत ६२६ औं पालिकाका  रुपमा यतिखेर हिमाली गाउँपालिकामा आइपुगेका ति यात्रीले सोमबार बिहान आफ्नो यात्रा अगाडि बढाउन आर्थिक सहयोगको याचना गर्नुभएको हो ।

नेपाली पोशाक, राष्ट्रिय झन्डाका साथ आईपुग्नुभएको छ ।संकलन भएको  रकम वृद्ध आश्रम बनाउने सोच रहेको बताउनुभयो ।७५३ वटै पालिकामा पैदल यात्रा गर्न रेकर्ड बनाउने बताउनुभयो ।हिमाली गाउँपालिकाबाट केही सक्दो रकम सहयोग गर्ने पालिकाका प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो