२०८१ साल माघ ९ गते बुधबार

/ कोल्टि बजारमा खानेपानीको अभाव ,नागरिक नगरपालिकामा धर्ना

कोल्टि बजारमा खानेपानीको अभाव ,नागरिक नगरपालिकामा धर्ना

सन्तोष प्रसाद जोशी 

बाजुराको बुढिनन्दा नगरपालिका कोल्टी तल्लो बजार क्षेत्रमा खानेपानीको अभाब हुँदा नागरिकहरु नगरपालिकामा धर्ना बसेका छ्न ।बिगत लामो समय देखि खानेपानीको समस्या हुँदा आजित नागरिक आज नगरपालिका घेराउ गर्न पुगेका हुन्।समय समयमा पानीको अभाव हुने हुँदा होटेल व्यावसायिहरुको व्यापार प्रभावित बन्न पुगेको छ भने सरसफाइ गर्नका लागि पनि मुस्किल भएको नागरिकको गुनासो छ ।सोमबार दिउँसो नगरपालिकामा बजार बासिले रित्ता भाडाकुडा लिएर  खानेपानीको ब्यबस्था गर भन्दै नाराबाजीका साथ नगरपालिका पुगेको होटेल ब्यबसायी धर्मानन्द रेग्मिले बताउनुभयो ।उसो त बृहत खानेपानीको कतै योजना नभएका कारण पनि यस्तो समस्या आएको नागरिकको बुझाई छ ।हिजो आज कोल्टी क्षेत्रमा खाने पानीको मात्र कहाँ होर बिजुली बत्तीको समस्या बढ्दै गएको छ ।

खानेपानी पाईपका लाईन बर्खा लागे लगत्तै अविरल बर्षाका कारण समयसमयमा पुरिने हुँदा समस्या आएको हो । बिगतका दिन झै हिजोआज पनि फेरि समस्या थपिएको छ । सरोकारवाला निकायबाट सहि तरिकाले  पहल नहुँदा पनि नागरिकले दुख भोग्नुपरेको हो । पटक पटक कोल्टी क्षेत्रमा खानेपानीको चरम अभाव हुँदै आईरहेको छ । सुदुरपश्चिम  प्रदेशको पहाडी जिल्ला बाजुराको बुढिनन्दा नगर पालिका तथा एरपोर्ट हो बुढिनन्दा नगर पालिका वडा नं १ र २ का स्थानियबासी  र विभिन्न पालिका तथा विभिन्न जिल्लाबाट ब्यापारका लागि निकै गन्तव्य मानिने कोल्टी क्षेत्रका बासीले हिजोआज धितमर्ने गरी पानी पिउन पाएका छैनन् ।

यहाँ बसोबास गर्ने, होटेल व्यवसायी, विद्यार्थी, कर्मचारी र स्थानीयबासी खानेपानीको चरम समस्यामा छन् । बुढिनन्दा नगरपालिकाको वडा नं १को पिपलडाली दैंयाका धाराबाट  पानी बोकेर प्रयोग गर्नुपर्ने नागरिकको बाध्यता छ । नुहाउन तथा कपडा धुनका लागि  सेर्कोटी कुलो माझकुलोको पानीको प्रयोग हुन्छ तर बर्खा लागे सगै धमिलो फोहोर पानीले प्रयोगमा छैन । त्यो पनि गत बैशाख  २५ गतेको अबिरल बर्षाले गर्दा कुलो भत्किएर पानी छैन । सबैभन्दा धेरै समस्या त कोल्टी तल्लो बजारबासिले भोग्नुपरेको छ ।टाढा बाट पठनपाठनका लागि आएका विद्यार्थीलाई अझ समस्या भएको छ ।

पढ्ने र खाना पकाउने समयमा पानी लिन धेरै टाढाका धारामा लाइन बस्नुपरेको विद्यार्थीहरू बताउँछन् । कोल्टी तल्लो बजार स्थित बुढिनन्दा बोर्डिङ स्कुल नजिकैको ट्याङ्कीबाट बजारका  व्यक्तिहरूले मनोमानी ढङ्गबाट ट्याङ्की भित्र फोहोर खुट्टा पानीमा डुबाई लेबुल पाइप ट्याङ्की भित्रबाट जोडेर घरघरमा लिदा अरुलाई समस्या भएको स्थानीय बासिले बताएका छ्न । नगरपालिकाका  प्रबक्ता जंगबिर रोकायाका अनुसार सडक निर्माण कार्य भैरहेकाले पाईपलाईन खराब हुँदा खानेपानीको समस्या भएको र अबको एक हप्ता भित्र खानेपानी समस्या समाधान हुने उहाँले बताउनुभयो ।