२०८१ साल चैत ४ गते मङ्गलबार

/ कोल्टी अस्पतालमा रगत अभाव जीवन मरणको दोसाँधमा नागरिक शाहिले गर्नुभयाे बुढालाइ रगतदान

कोल्टी अस्पतालमा रगत अभाव जीवन मरणको दोसाँधमा नागरिक शाहिले गर्नुभयाे बुढालाइ रगतदान

सन्ताेष प्रसाद जाेशी

बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउँपालिका वडा नं  ३ जुकोट निवासी कुसल व्यबसायी भगिरथ जङ्ग शाहिकी मततामयी आमा ५१ बर्षिया बालदेबी शाहिले शुक्रबार दिउँसो एक पोइन्ट रगत दान गर्नुभएको छ ।हिमाली गाउँपालिका वडा नं २ बस्ने २४ बर्षिया सुत्केरी पाल्चु बुढालाई रगत दान गर्नुभएको हो ।बिगत ४ दिन देखि कोल्टी अस्पतालको बेडमा छटपटाईरहेकी बुढालाई रगत दान गर्नुभएको हो ।

कोल्टी अस्पतालमा उपचारत सुत्केरी महिलालाई आज शाहिले रक्तदान गर्नुभएको शाहिका छोरा भगिरथ शाहिले जानकारी दिनुभएको छ । उपचारत ४ दिनकी सुत्केरी बुढालाई  ब्+ रगत आवस्यक परेको  रगतको ब्यवस्थापन गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका थिए ।२४  वर्षिया सुत्केरी बुढालाई रक्तस्राप भएर शरिमा रगतको मात्रा कम भई जिवनमरणको दोसाँधमा पुगेकि बुढालाई  रगत खोज्नु परेको अस्पतालले जनाएको थियो ।

सुत्केरी बुढालाई चाहिने ३ पोइन्ट रगत मध्यमा शाखा शाहीले १ पोइन्ट र दुई पोईन्ट  आफन्तले दिएर पुर्ति भएको अस्पतालले जनाएको छ । रक्त समूह परिक्षण गर्दा शाही र सुत्केरी  बुढाको रक्त समुह मिल्दा रगत प्रदान गरिएको कोल्टी अस्पतालले जनाएको छ । रगत अभावले जीवन मरणको दोसाधँमा  रहेकी बुढालाई विभिन्न ब्यक्तिबाट रगत संकलन भएको अस्पताल श्रोतले जनाएको छ । कोल्टी अस्पतालमा ब्लड बैंक नहुँदा रक्तदाता  खोजेर विरामीको उपचार गर्नुपर्ने वाध्यता छ ।

 त्यसैमा रक्तदाता समयमा नभेटेटिदा, भेटिए पनि मिल्दो जुल्दो रगत नहुँदा विरामीलाई हैरानित हुनु परेको छ । उपचारका लागि अस्पताल पुग्ने सुत्केरी तथा गर्भवतिलाई रगत आवस्यक पर्ने देखिए पछि खोजेरै ब्यवस्थापन गर्ने गरिएको छ । जिल्लाकै दोश्रो ठुलो अस्पतालका रुपमा कोल्टी अस्पतलमा ब्लड बैकको आवस्यक भए पनि यसको पहल नहुँदा रगत खोजेर विरामी बचाउने गरिएको छ ।शाहिले बिगत लामो समय देखि विभिन्न अस्पतालमा रगत चाहिने बिरामीका लागि रगत दान गर्दै आउनुभएको छ