मनबहादुर शाही
बाजुराको बुढीनन्दा नगरपालिकाले ५० करोडभन्दा बढीको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ५० करोड २८ लाख ४९ हजार ९ सय ८७ रुँपैयाकोे बजेट ल्याएको हो । सुखी जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ सञ्चालन भएको दोस्रो नगर सभा तथा १० औं अधिवेसनमा नगर उपप्रमुख राम बहादुर बोहोराले बजेट प्रस्तुत गर्नुभएको हो ।
आर्थिक, सामाजिक, पुर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ बजेट विनियोजन गरीएको प्रवक्ता जंगविर रोकायाले जानकारी दिनुभएको छ ।
सामाजिक विकास तर्फ २४ करोड ८४ लाख ४५ हजार, आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २ हजार, पूर्वाधार विकासमा ४ करोड ७४ लाख ८५ हजार, सुशासन विकास तर्फ ६९ लाख ९५ हजार, प्रशासनीक खर्च तर्फ १४ करोड, १४ लाख २१ हजार ९ सय ८७ रुपैया विनियोजन गरेको उहाँले बताउनुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको रोकायाले बताउनुभयो ।
दोस्रो नगरसभा तथा दसौं अधिवेशनमा महत्त्वपूर्ण नीति तथा कार्यक्रमलाई विवाद रहित सर्बसम्मत पारीत गरेको नगरप्रमुख जनक कुमार बोहोराले जानकारी दिनुभएको छ । उहाँले शिक्षा क्षेत्रमा कक्षा ११÷१२ लाई निशुल्क शिक्षा कार्यक्रम लाई निरन्तरता दिईने, सरकारी कर्मचारी र जनप्रतिनिधिका छोरा छोरी लाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने, प्रत्येक विद्यालयमा योग शिविर संचालन गरिने बताउनुभयो ।
सबै बिद्यालयमा, पढदै कमाउदै कार्यक्रम लागू गरिने समेत बताउनुभएको छ । स्वस्थ घर, स्वस्थ नगर कार्यक्रम अन्तर्गत जनस्वास्थ्य कार्यक्रमहरु संचालन गर्ने, स्वास्थ विमा नगरको जिम्मा भन्ने नारालाई आत्मसात गर्दै २०८१ श्रावण १ गते बाट स्वास्थ विमा कार्यक्रम प्रभवकारी रुपमा लागू गर्ने, अशक्त ,असहाय र जेष्ठ नागरिकलाई घरदैलोमा निशुल्क स्वास्थ सेवा प्रदान गर्न ब्यवस्था मिलाईने प्रमुख प्रसाशकिय अधिकृत सन्तोष प्रसाद शाहले बताउनुभयो ।
घर जग्गा तपाईंको प्लास्टिक र बीउ हाम्रो अन्तर्गत तरकारीको बीउ ,फलफुल बिरुवा,बगैंचा घेरवार सिचाई लगायत अनुदान उपलब्ध गराईने, नगर सरकारको साझेदारीः बाझो रहन्न खेतवारी अभियान संचालन गरिने नीति लिएको समेत उहाँले बताउनुभयो ।
कृषि लाई पर्या–पर्यटन र कृषि पर्यटन सङ्ग्सङै प्रबर्द्धन गर्ने नीति अवलम्बन गरि कार्यन्वयन गरिने र चाफारुख लमालबाड र कालगोठी टाका सम्म पुल निर्माणका लागि आवस्यक पहल गरिने नीति लिएको उहाँले बताउनुभयो ।