२०८१ साल चैत ४ गते मङ्गलबार

/ पत्रकार शाह र शाही सम्मानित

पत्रकार शाह र शाही सम्मानित

कोल्टी बाजुरा । 

कान्तिपुर राष्ट्रिय दैनिकका सहसम्पादक अर्जुन शाह र स्वामीकार्तिक राष्ट्रिय दैनिकका सम्पादक निमेन्द्र शाही सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेश्रो अधिवेशन तथा चौथो साधारण सभाको अवसरमा पत्रकार शाह र शाहीलाई सम्मान गरेको हो । सुदूरपश्चिम प्रदेशको राजधानि धनगढीमा आयोजित एक कार्यक्रमका विच पत्रकारद्धय शाह र शाही सम्मानित हुनुभएको नेकपा एकीकृत समाजवादी प्रेस सेन्टरका केन्द्रिय सचिव अनिल शाहीले जानकारी दिनुभयो । अधिवेशनको अवसरमा प्रदेश राजधानि धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पत्रकार शाह र शाहीलाई सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

विगत लामो समय देखि पत्रकार जगतमा रहि पत्रकारीताको विकाश तथा स्वतन्त्र प्रेस र अभिब्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्वाह गरेको योदानको कदर गर्दै पत्रकार शाह र मानव विकाश सुचकांकमा पुछारमा रहेको बाजुराबाट दैनिक पत्रिका प्रकाशन गर्नुका साथै दुर्गम क्षेत्रका सवाल राष्ट्रिय सञ्चार माद्याममा उठान गर्दै पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार शाही सम्मानित हुनुभएको उहाँले बताउनुभयो । उहाँहरुलाई पत्रकारीता सम्मान अर्पण गरिएको सचिव शाहीले बताउनुभयो । पत्रकार शाह र शाही विगत लामो समय देखि पत्रकारीता पेशामा आवद्ध हुनुहुन्छ ।