बुढीनन्दाखबर
बाजुराको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशी र उनका भाई सहायक पाचौँ तहमा कार्यरत राजेन्द्र प्रसाद जोशीले मनपरी ढंगबाट रकम लिएको खुलासा भएको छ । रोजगार संयोजक जोशी र सहायक पाचौँ तहमा कार्यरत उहाँका भाई राजेन्द्रले गाउँपालिकाको विभिन्न समयमा मनपरी ढंगबाट रकम लिएको पाईएको हो । जोशी दाजुभाईले विदाको दिन देखि कार्यक्रममा सहभागि भएको दिनको समेत दोहोरा भत्ता लिएको आर्थिक वर्ष २०७९ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले जनाएको छ । जोशी दाजुभाईले विदाको दिनको समेत भत्ता वुझेको र कार्यक्रममा सहभागि भएको दोहोरो भत्ता पचाएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार सहायक पाचौ तहमा कार्यरत जोशीले मिति २०७९‐२‐८ गते देखि मिति २०७९‐२‐२६ गते सम्म निर्वाचन कार्यमा खटि निर्वाचन कार्यालयबाट सेवा सुविधा लिएको र मिति २०७९‐२‐१९ गते देखि २०७९‐२‐२५ गते सम्म गाउँपालिकाबाट पनि भत्ता लिएको पाईएको छ । एकै समयमा दुई ठाउँबाट भत्ता लिए पछि फिर्ता गर्नु पर्ने उल्लेख गरीएको छ । जोशीले निर्वाचनमा खटिए वाफत लिएको रकम वाहेक सोही समय गाउँपालिकाबाट लिएको ११,००० रकम तत्काल असुल गर्नु पर्ने प्रतिवेदनले देखिएको छ ।
त्यस्तै सहायक जोशीले मिति २०७९ असार एक गते देखि २०७९ असार २ गते सम्म गणकलाई २ दिने तालिम कार्यक्रम सञ्चालनमा सहभागि भए वाफतको २ हजार ४० रुपैया लिएको र सोही दिन दैनिक भत्ता समेत लिएको पाईए पछि महालेखाको प्रतिवेदनले जनाएको छ । एकै दिन दुई दुई ठाउँबाट भत्ता लिन नपाईने उल्लेख गर्दै प्रतिवेदनले त्यसरी लिएको अवैधानिक भत्ता तत्काल असुल गर्नु पर्ने उल्लेख गरेको छ । सार्वजनिक विदाको दिनमा समेत लिएको २ हजार ९ सय ७० रुपैयाँ तत्काल फिर्ता गर्नु पर्ने उल्लेख छ ।
त्यस्तै प्रतिवेदन अनुसार जोशीले आफ्नो नाममा लिएको ६०,००० पेश्की रकमको कर हिनामिना गरेकोले असुल गर्नु पर्ने छ । कार्यालय प्रमुखको तोक आदेश, खरीद आदेश र दाखिला प्रतिवेदन विना सार्वजनिक खरीद नियमावलि विपरीत फर्मको नाममा जानु पर्ने रकम जोशीले आफ्नो नाममा पेश्की लिएको ६० हजारको फस्याैट गर्दा विल रकमको १ं।५ प्रतिशतले हुन आउने ९,००० कर कट्टी नभएकाले उक्त कर असुल गर्नु पर्ने उल्लेख छ । कार्यालय प्रयोजनका लागि खरीद गरीएका सामाग्रि नेपालगञ्जबाट जगन्नाथ गाउँपालिका सम्म आरति ढुवानि सेवाबाट ढुवानि गरी ७५ हजार, ९९० रुपैया भुक्तानि गरेकोमा ढुवानि कर वाफतको हुन आउने रकम ७५९९ वैक दाखिला नभएकाले तत्काल सो रकम पनि असुल गरी बैंक दाखिला गर्नु पर्ने प्रतिवेदनले जनाएको छ । यता सहायक जोशीले भने असुल उपर गर्नु पर्ने रकम तत्काल तिर्ने प्रतिबद्धता जनाउनु भएको छ । आफुले भुलवस यस्ता गतिविधि भएकोमा क्षमायाचना गर्दे उहाँले असुल गर्नु पर्ने रकम तिर्ने प्रक्रियामा गएको बताउनुभयो । सथै सहायक पाँचाै राजेन्द्र प्रशाद जाेशीले भने आफुमात्र नभाई गाउँपालीकाका १९ जनाले नियम विपरित लिएकाे ३ लाख २६ हजार ३ सय ५० रूपैया तिर्ने बताउनु भयाे ।
त्यस्तै रोजगार संयोजक जोशीले पनि अन्य कर्मचारी र जनप्रतिनिको आखाँमा छोरा हाली कार्यक्रम वाफत र अन्य कार्य गरे वाफत दोहोरा भत्ता लिएका छन । प्रहरी मुचुल्को आधारमा बुझे शार्कीको नाममा भुक्तानि हुनु पर्ने १२००० जोशीले आफ्नो नाममा भुक्तानि गरेको, स्वास्थ्य शाखाको वृहत पोषण तालिममा लिएको ५,९५० र सोही समयमा मेड्पा कार्यक्रम अन्र्तगत अनुगमनमा लिएको पाईए पछि तालिममा लिएको रकम तत्काल असुल गर्नु पर्ने र कार्यापालिकाको वैठकमा सहभागि भई माईन्युट लेखन गरे वाफत लिएको १९००० रकम मध्य १६,१५० रकम असुल गर्नु पर्ने प्रतिवेदनले उल्लेख गरेको छ । जोशी दाजुभाई मात्रै होईनन गाउँपालिकाका अन्य कर्मचारीले पनि नियम विपरीत प्रोत्साहान भत्ता लिएका छन । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ८६ ९१० बमोजिम स्थानिय सेवा गठन, सञ्चालन, ब्यवस्थापन, सेवाका सर्त तथा सुविधा सम्वन्धि आधारभुत सिदान्त र मापदण्ड संघिय कानुन बमोजिम हुने, दफा ८६ ९२० बमोजिम स्थानिय सेवाको गठन, सञ्चालन तथा ब्यवस्थापन, सेवाका सर्त तथा सुविधा सम्वन्धि अन्य ब्यवस्था स्थानिय तहले बनाएको कानुन बमोजिम हुने ब्यवस्था छ । त्यस्तै अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिकाको परिच्छेद ७ को ७।४।१ बमोजिम अतिरीत्त समय र विदाको दिन काम गर्दा अर्थ मन्त्रालयबाट नमर्स स्वीकृत गराई मात्र खाजा, र खाना वाफतको रकम भुक्तानि दिनु पर्ने र ७।४।१ को ९५० बमोजिम प्रोत्साहान भत्ता खुवाउन समेत अर्थ मन्त्रालयबाट स्वीकृत लिनु पर्ने ब्यवस्था छ ।
तर जथन्नाथ गाउँपालिकाले अर्थ मन्त्रालयको स्वीकृत त के कानुन नवनाई ३,८१,०६६ रुपंैया प्रोत्साहान भत्ता खुवाएको पाईएको छ । कानुन नवनाई कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाले कर्मचारीको प्रोत्साहान भत्ता वाफत लाखौँ रकम खर्चेको भन्दै प्रतिवेदनले असुल गर्नु पर्ने जनाएको छ । यसरी कर्मचारीलाई नियमित विपरीत भत्ता दिदा गाउँपालिकामा आर्थिक ब्ययभार बढ्न गएकाले अनियमित देखिएको पनि प्रतिवेदनले औल्याएको छ । गाउँपालिकामा जोशी दाजुभाईले विभिन्न समयमा दोहोरो भत्ता वुझेको पाईए पछि महालेखा परीक्षकको प्रतिवेदनले तत्काल असुल गर्नु पर्ने जनाएको छ । तर गाउँपालिकाले यस वारे कुनै प्रक्रिया नथालेको प्रति नागरीकको गुनासो छ । गाउँपालिकामा अन्य कर्मचारी पनि रोजगार संयोजक जोशीको कार्य शैलि प्रति असन्तुष्ट छन । रोजगार संयोजक जस्तो गरीमामय पदमा कार्यरत जोशीले बेला बेला नियम विपरीत रकम पचाउने शैलि फेर्न सकिएका छैनन ।
एक वर्षको प्रतिवेदन अनुसार लाखौ रकम पचाएका जोशीले विगतका वर्षको तथ्याक हेर्ने हो भने अझ डर लाग्दो छ । बेला बेला जनप्रतिनिधि र कर्मचारीको तगारो बनेका रोजगार संयोजक जोशीको यति बेला चौतर्फि आलोचना र विरोध भईरहेको छ । आलोचक जोशी, पानी माथिको आभानो बन्न, लाज पचाउन र ईज्जत बचाउन आफु अनुकुलका मिडिया र मिडियाकर्मी धाईरहेका छन । तर उनी माथि लागेको आरोप सत्यता रहेको प्रमाणले देखाएको छ । धोतिले, गु थाम्न सक्दैन, भन्ने वाक्यलाई जोशीको चरीतार्थले प्रमाणित गरेको छ । रोजगार संयोजक जोशीका कारण जनप्रतिनिधिहरु बदनाम भएको भन्दै उसोत रोजगार संयोजक जोशीलाइ गाउँपालिकाले स्पष्टीकरण सोध्ने तयारी थालेको छ ।