जीवन कैला, बाजुरा
पछिल्लो समय समाजमा निर्मुल हुन नसकेको बालविवाह न्यूनीकरणका लागि सबैले सहयोग गर्नु पर्नेमा सराेकारवालाले जोड दिएका छन । बुढिनन्दा नगरपालिकामा सम्पन्न “पोषणयुक्त नगर कार्यक्रम” अन्र्तगत बालविवाह न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । बालविवाह न्यूनीकरणका लागि अनेकौं प्रयास भए पनि पछिल्लो समय झन वढ्दै गएको प्रती चिन्ता ब्यक्त गर्दै न्यूनीकरणका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
कार्यक्रममा सहभागी पुरोहित, जनप्रतिनिधी, समाजका अगुवा, धामीझाँक्री र पत्रकार लगायतले समाजमा सदियांैँ देखि जगडीएर रहेको कुप्रथा न्यूनीकरणका लागि सवैको साथ र सहयोग आवस्यक पर्ने बताएका छन ।नगरपालिकाका उपप्रमुख रामबहादुर वोहराले सानो उमेरमा गरेको विवाहले भविस्यमा ठुलो भुल हुने र गम्भीर प्रकृतीका समस्या समेत निम्तिने हुदा विवाह गर्दा बेलैमा सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले बालविवाह गरेको पाइए कानुन बमोजिम जरिवाना हुन्छ भन्ने जान्दा जान्दै पनि यस्ता घटना हुने गरेका बताउनुभयो । घटना सार्बजनिक नभए पनि, कतिपय ठाउँमा गुपछुपबाटै अहिले पनि बालबिवाह भएको सुनिने गरेको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता जङ्गबीर रोकायाले नेपालको कानुनमा “बीस पारी, विहे वारि” अर्थात विस वर्ष नपुगेन्जले सम्म विवाह गर्न नपाईने भए पनि ग्रामिण क्षेत्रमा विस वर्ष पुगुन्जेल सम्म किशोर किशोरी दुई सन्तानका अभिभावक भईसक्ने बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि न्यूनीकरण हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । त्यस्तै बालबालिका शाखा प्रमुख गङ्गा गिरिले उमेर नपुग्दै बिवाह गरेमा आमा र बच्चाको स्वास्थ्यमा गम्भिर असर पर्ने र बच्चामा कुपोषणको समस्या देखा पर्ने बताउनुभयो ।
गर्भावस्था र शिशु जन्मि सके पछि पनि पोषिला खानेकुरा अनिवार्य खुवाउनु पर्ने उहाँको सुझाव छ । पोषिलो खानेकुराले तौल पनि वृद्धि हुने, कुपोषणबाट बचाउन सकिने र आमा र वच्चा दुवैलाई स्वस्थ राख्न सकिने बताउनुभयो । किशोरिले परिपक्क उमेरमा बिवाह गरेर गर्भावस्थामा पालन पोषण राम्रो भएको खण्ड आमा र बच्चा दुवैलाई फाईदा हुने बताउनुभयो । सानो उमेरमा गरेको बिवाहले किशोर, किशोरिको पढाईमा बाधा हुने र समाजमा हिंसा समेत उत्पन्न हुने बताउनुभयो । बालबिवाह गरेमा कानुनी दण्ड र सजाय हुन्छ भन्ने सन्देश दिन सकेको खण्ड न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
नगरपालिकाका कर्मचारी महेश कार्कीले पहिले सानो उमेरमा विवाह गर्ने र पछि गएर अनेक वाहानाले अर्को विवाह गर्ने चलनले नेपालमा सम्बन्ध विच्छेदका घटना बर्सेनि वृद्धि हुँदै गएका बताउनुभयो । जिल्ला अदालत बाजुराका अनुसार बाजुरामा मात्रै यो वर्ष ३३ जोडीले सम्बन्ध बिच्छेद गरेका पाईएको बताउनुभयो । समाजमा महिला हिंसा र सम्बन्ध बिच्छेदका घटना वढ्नुको पछाडि बालबिवाह नै मुख्य कारण भएको उहाँको वुझाई छ ।
नगर प्रमुखका स्वकिय सचिव केशर बोहराले समाजमा जगडीएर रहेको समस्या न्यूनीकरणका लागि एक पटक, एकै कार्यक्रमले सम्भव नहुने बताउनुभयो । उहाँले प्रत्यक वडामा बाल क्लब गठन गरि सञ्चालन गर्नु पर्ने समेत सुझाव दिनुभयो । शिक्षा शाखा प्रमुख दयाराम जैशीले बालविवाह न्यूनिकरणका लागि वडामा महिला स्वास्थ्य स्वयव सेविका र स्वास्थ्यकर्मिलाई परिचालन गरेर सञ्चालन गर्नु पर्ने धारण राख्नुयो । उहाँले विभिन्न खालका जनचेतनामुलक र सडक नाटक कार्यक्रम गरेर बालविवाह घटाउन सकिने बताउनुभयो । उहाँले विद्यार्थीलाई सचेत बनाउन विद्यालय क्षेत्रमा अहिले पनि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउनुभयो ।
धामी लक्ष्मी गिरीले बालविवाह गर्नु हुन्न भन्ने जाने वुझेकै बाट बालविवाहका घटना हुने गरेको बताउनुभयो । उहाँले प्रहरी, जनप्रतिनिधि र समाजबाट अगुवा जस्ता नियम, कानुन सिकाउने र केही जाने वुझेका सार्वजनिक ब्यक्तिबाटै समस्या हुने गरेको आरोप लगाउनुभयो ।
पुरोहित भुमिनन्द उपाध्यायले कसले प्रमाण नहुदा बालबिवाह गरेको हो भनेर जानकारी नहुने बताउउनुभयो । उहाँले पुष्टि गर्नका लागि वडाकार्यलयले सिफारिस दिए सजिलो हुने बताउनुभयो । विवाहका लागि वडाले दिएको सिफारीसलाई आधारमा मानेर सहभागि हुने र त्यो वाहेका विवाहमा समावेस नहुने प्रतिवद्धता जाहेर गर्नुभयो ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गरेको पाईएमा तीन वर्ष कैद र ३० हजार रुपंैयाँ जरीवाना हुने ब्यवस्था भए पनि नेपालमा कानुनको उलंघन गरेर बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह हुनुमा अभिभावक भन्दा पनि किशोर किशोरी नै वढी दोसि हुने कतिपयको वुझाई छ ।
यसै विच नगरपालिकाका आज वहुक्षेत्रीय पोषण योजना अन्र्तगत पोषण प्रवद्धनका लागि नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाका नगरउपप्रमुख रामबहादुर वोहराको अध्यक्षतामा एक दिने सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोषण प्रशिक्षक ज्ञानेन्द्र दुयाडीले पोषण सम्वन्धी प्रशिक्षण गर्नुभएको नगरपालिकाका पोषण सहजकर्ता गणेश पाध्याले जानकारी दिनुभएको छ ।