२०८१ साल चैत ४ गते मङ्गलबार

/ ढुरीखुच्चाकी पद्माका लागि टिनको टहरा निर्माण ।

ढुरीखुच्चाकी पद्माका लागि टिनको टहरा निर्माण ।


बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ ढुरीखुच्चा बस्ने पद्मा दमाईका लागि टिनको टहरा निर्माण गरीएको छ । आर्थिक अवस्था कमजोर तथा अपाङ्गता भएकी दमाईका लागि २ कोठे टिनको टहरा निर्माण गरीएको हो ।

छिमेकीको गोठमा बस्दै आएकी पद्मा दमाई र छोरी सपुरा दमाइका लागि टिनको टहरा निमार्ण गरी हस्तान्तरण गरीएको सामाजिक अभियान्ता रिता शाहीले जानकारी दिनुभएको छ । उहाँले नेपाल तथा विदेशमा बस्ने सहयोगिदाताको १ लाख ३० हजार आर्थिक सहयोगमा टिनको टहरा निमार्ण गरी हस्तान्तरण गरेको बताउनुभयो ।

नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि तथा सामाजिक अभियान्ता शाहीको पहल तथा काठ्माण्डौं निवासी मिक्मा दोर्जे सेर्पा, अमेरीका निवासी फुर्पा शेर्पा, आङ्गफुटी शेर्पा, आङ्ग मिक्मा शेर्पाको आर्थिक सहयोगमा टिनको टहरा निर्माण गरी हस्तान्तरण गरीएको हो । आज वडा नं एकका वडा अध्यक्ष मान बहादुर कार्की, महाधिवेसन प्रतिनिधि सुनिता गुरुङ्ग लगायत स्थानीयको सहभागितामा टहरा हस्तान्तरण गरीएको शाहीले बताउनुभयो ।