२०८१ साल माघ ९ गते बुधबार

/ बीपी स्मृति दिवस बाजुराको कोल्टीमा रूख राेपेर मनाइयो

बीपी स्मृति दिवस बाजुराको कोल्टीमा रूख राेपेर मनाइयो

सन्तोष प्रसाद जोशी 

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२औँ स्मृति दिवस,आइतबार  बाजुरामा पनि मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको स्मृति दिवसको अवसरमा बाजुरामा वृक्षारोपण गरीएको हो ।बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा पाटीमा आस्थावान व्यक्तिहरुको सहभागितामा वृक्षारोपण गरीएको नेपाली काँग्रेसले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य तथा बुढीनन्दा नगरपालिकाका पुर्वनगर प्रमुख पदम कुमार गिरीको प्रमुख आतिथ्यता तथा जिल्ला कार्य समिती सहसचिव कृष्णराज पाध्या,जिल्ला कार्य समिती सदस्य छत्र बहादुर मल्ल, मोहन भाट, मोहनसिंह कार्की, प्रदेश क.का सचिव जनम धामी, नेता भिम बहादुर कार्की लगायतका नेता तथा कार्यक्रर्ताहरुको सहभागितामा वृक्षारोपण गरीएको हो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँको नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।