२०८१ साल चैत ४ गते मङ्गलबार

/ हिल्सा नाका सञ्चालनका लागि चीन सरकार संग पहल गर्न आग्रह

हिल्सा नाका सञ्चालनका लागि चीन सरकार संग पहल गर्न आग्रह

रेडियो बुढीनन्दा कोल्टी बाजुरा, 

कारोना संक्रमणकाल पछि बन्द अवस्थामा रहेको हिल्सा नाका सञ्चालनका लागि चीन सरकार संग पहल गर्न आग्रह गरीएको छ । हुम्ला, मुगु कालीकोट र बाजुराका माननीय, नागरिक सेवा समाजका प्रतिनिधि र पर्यटन ब्यवसायी लगायतको टोलीले चीन र हुम्लाको सिमानामा पर्ने हिल्सा नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयलाई मागपत्र मार्फत आग्रह गरिएको हो ।

कैलाश मानसरोवर दर्शन गर्न जाने भारतिय पर्यटक तथा अन्य विदेशी पर्यटकलाई नेपाली बाटो हुँदै मानसरोवर पुग्न सहज बनाउनका लागि हिल्सा नाका खोल्न चीन सरकार संगं कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्री आरजु राणा (देउवा) लाई पत्र मार्फत अनुरोध गरिएको नागरिक सेवा सरोकार मञ्च बाजुराका अध्यक्ष जनेश भण्डारीले जानकारी दिनुभयो ।  

हुम्ला जिल्लाका माननीय छिरीङ्ग डम्डुल लामा, नेकपा एमाले मुगुका नेता राजु कार्की, देविकृष्ण रोकाया, कालीकोटाका मनराज शिम्खडा, हुम्लाका पर्यटन ब्यवसायी प्रेम बहादुर लामा, एज्जोर लामा, लौकु लामा र प्रेमदोर्जी लामा लगायतको टोलीले आज परराष्ट्र मन्त्री देउवालाई भेटी पर्यटकको आवागमनको सहजताका लागि हिल्सा नाका खोल्न आग्रह गरिएको उहाँले बताउनुभयो ।  

प्रकृतिको वरदानको रुपमा रहेको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश स्वर्गको रुपमा परीचित रहे पनि पर्यटक पुग्न नसकेको माग पत्रमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशको गेटवे सुर्खेत हुँदै हिन्दु धर्मको धार्मिक तिर्थस्थल मानसरोवर पुग्न सवै भन्दा छोटो र सहज स्थलमार्ग कर्णाली करीडोर रहे पनि हिल्सा नाका सञ्चालन नहँदा पर्यटकको आवागमनमा कठिनाई भएको उहाँले बताउनुभयो । 

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दैलेख, अछाम, कालीकोट, बाजुरा, मुगु र हुम्लाका गरि २० वटा स्थानीय तहको छातिमा बगिरहेको कर्णाली नदि, हिल्सा हुँदै चीन तर्फको मानसरोवर कैलाश पर्वत सम्म पुग्न हुम्लाको सदरमुकाम सिमकोट हुदै हिल्सा सम्म कर्णाली करीडोरको सडक सञ्जाल जोडीएको भए पनि गन्तब्य सम्म पुग्न नसकि पर्यटक अलपत्र पर्ने गरेको वारे सचेत गराईएको छ । मानसरोवर पुग्न कर्णाली करीडोर सडक खण्ड सञ्चालन भए पनि कतिपय धार्मिक पर्यटक बाटोमा अलपत्र पर्ने गरेको पत्रमा उल्लेख गरिएको छ । 

हिल्सा नाका बन्द हुँदा पर्यटक मात्रै होईन मानसरोवर जाने बाटोमा पर्ने नेपालगञ्ज, सुर्खेत, बाजुरा, हुम्ला मुगुका होटल ब्यवसायी, पर्यटन ब्यवसायी, हवाई सेवा कम्पनि र यातायात ब्यवसायीको लगानि जोखिममा परेको, हजारांै पर्यटन मजदुरले रोजगारी गुमाउनु परेको अवस्थामा एथासक्य चाडाँे हिल्सा नाका सञ्चालन गर्न सके सहज हुने उल्लेख गरिएको छ । 

हिल्सा नाका सञ्चालनका लागि सिमकोट गाउँपालिका हुम्लाको मिति २०८१ वैशाख ९ गतेको निर्णय सहित जिल्ला प्रशासन कार्यालय हुम्लाको मिति २०८१ वैशाख १३ गतेको चलानि नम्वर १२३७ को पत्र परराष्ट्र मन्त्रालयमा पुगिसकेको जानकारी गर्दै कुटनीतिक पहल गरिदिन बीस वटै जिल्लाका नागरिकका तर्फबाट माग पत्र बुझाईएको उल्लेख गरिएको छ । 

यता माग पत्र बुझ्दै परराष्ट्र मन्त्री आरजु राणा (देउवाले ) हिल्सा नाका खोल्नका लागि मन्त्रालयले एथासक्य पहल गर्ने बताउनुभएको छ । उहाँले नाका सञ्चालनका लागि चाडाँे भन्दा चाडोँ चीन सरकार संग पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।