सर्मिला रोकाया
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ पाइनमा एक जना परिवारलाई बाख्रा सहयोग गरीएको छ । आइ.एन.एफ नेपाल बाजुरा शाखाद्धारा सञ्चालित समावेशी विकास सशक्तीकरण जीविकोपार्जन आइडिएल परियोजनाको आर्थिक सहयोगमा वडा नं एकका अमनी गिरीको परिवारलाई बाख्रा सहयोग गरीएको हो । विगत लामो समय देखि जीविकोपार्जन, स्वास्थ्य, अपाङ्गता, लैङ्गिता र सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्थाले गिरी परिवारलाई बाख्रा वितरण गरेको आइडिएल परियोजनाका टिम लिडर गणेशदत्त खटिकले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ३ जना छोराछोरी अपाङ्गता रहेको गिरी परिवारमा जीविकोपार्जनमा केही मात्रमा टेवा पुर्याउनका लागि बाख्रा सहयोग गरीएको बताउनुभएको छ । जीविकोपार्जनका लागि अन्य आयश्रोत नभएको १० जनाको गिरी परिवारलाई उन्नत जातको ३ वटा बाख्रा सहयोग गरीएको उहाँले बताउनुभयो । वडा नं एकमा रहेको वडा स्तरीय चन्द्रनाथ अपाङ्गता समितीले गिरी परिवारको आय आर्जनको अवस्थालाई माथि उकास्नका लागि माग गरे अनुसार बाख्रा सहयोग गरीएको संस्थाले जनाएको छ ।
आज वडा नं १ का वडा अध्यक्ष मानबहादुर कार्की, नेकपा एमाले वडा कमिटी अध्यक्ष खडक गिरी, अपाङ्गता समिती अध्यक्ष भक्तराज गिरी, आइडिएल परियोजनाका टिम लिडर गणेशदत्त खटिक, समुदायक परिचालक बलराम कार्की, कल्पना अधिकारी, मानदेवी देवकोटा लगायत स्थानीयको सहभागितामा बाख्रा सहयोग गरिएको हो ।
यस अघि संस्थाले हिमाली गाउँपालिका वडा नं ६ धिममा ५ जना अपाङ्गता भएका व्यक्तिलाई पनि बाख्रा सहयोग गरीएको परियोजनाले जनाएको छ । उहाँले मान बहादुर रोकाया, बाँचे सार्की, धनमल सार्की, जिते सार्की र सुशिला सार्कीलाई जीविकोपार्जनमा जोड्नका लागि बाख्रा सहयोग गरिएको बताउनुभयो । प्रत्यक व्यक्तिलाई २÷२ वटाका दरले १० वटा बाख्रा सहयोग गरीएको टिम लिडर खटिले जानकारी दिनुभएको छ ।