२०८१ साल असोज २१ गते सोमबार

/ अबिरल बर्षाले सडक अबरुद्ध छाडेन भौतिक संरचना सबैले सचेत रहन आग्रह ।

अबिरल बर्षाले सडक अबरुद्ध छाडेन भौतिक संरचना सबैले सचेत रहन आग्रह ।

सन्तोष प्रसाद जोशी 

बाजुराको कोल्टी पिलुचौर धुलाचौर सडक खण्ड अविरल बर्षाका कारण अबरुद्ध भएको छ । पार्तोला देखि पिपलडाली सम्मका रास्ट्रीय प्रसारण लाईन बिधुतका पोल ढल्दा सडक अबरुद्ध बनेको छ भने पार्तोला आसपासमा माथिबाट आएको पहिरो र कालापहडामा पहिरो र चुलिगाडको खोलामा भेल आउँदा पनि गाडी आवत जावतमा समस्या भएको हो ।

त्यस्तै अबिरल बर्षाका कारण पिलुचौर हुँदै चिसापानी बग्ने नेपालको सबैभन्दा लामो नदि कर्णाली नदिमा पानीको बहाब उर्लिदो अबस्थामा छ ।पारिपट्टि पिलुचौर पारीपट्टि स्वामिकार्तिक जोड्ने कर्णाली नदिको झुलङे पुल माथी पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुनुका साथै गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको निवास नजिकै नदिको बहाब बढेको छ ।सनिवार रातिको उर्लदो नदिको भेलले आफुलाई डर लागेको बताउनुभएको छ ।

उहाँले फेसबुकको स्टार्टस मार्फत पिलुचाैर वारपारकाे एरियामा कर्णाली नदिकाे बहाव उच्च जाेखिम हुनेगरी बढेकाे छ । सबैमा सजक हुन अनुराेध गरिन्छ भन्नुभएको छ । नजिकै रहेको गोरे गिरिको घर पिपल चौतारा लगायत फेरि डुबान हुने अबस्थामा छ्न ।बर्खा लागे सगै देशका विभिन्न ठाउँमा बाढी पहिरो डुवान जस्ता दैबी प्रकोप बढिरहेका छ्न ।