बुढीनन्दा खवर
बाजुराको कुण्डा क्षेत्रमा टेलिफोन टावरमा समस्या आएको छ । करिव एक साता यता टेलिफोन टावर आउने जाने, फोन नसुनिने लगायत समस्या आएको हो । बेला बेला टेलिफोनमा समस्या आईरहने कोल्टी क्षेत्रमा यस पटक पनि लामो समय देखि टेलिफोनमा आएको समस्याले नागरिक आजीत छन । टेलिफोन टावर नियमित नहुँदा कोल्टी क्षेत्रका स्थानीय फोन सेवाबाट बञ्चित भएका छन् भने विभिन्न कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।
घाम लागे टावर आउने र बादल लागे जाने समस्याले गर्दा एक अर्कामा सजिलै सम्पर्क गर्न नसकेको नागरिकको गुनासो छ । एउटै कुरा पुरा गर्न पनि पटक पटक फोन गर्नुपर्ने बाध्यता, त्यसैमा पनि फोन नसुनिने, सुनिए पनि राम्रो संग कुरा नवुझिने जस्ता समस्या फोनमा देखिएको छ । आफन्त संग कुराकानी तथा सन्चो विसन्चो हुन नसकेर अनावस्यरुपमा मोवाईलको पैसा खर्च हुने गरेको कोल्टीमा ब्यवसाय गर्दै आउनुभएका गौमुल गाउँपालिकाका सन्तोष बुढाको गुनासो छ ।
चाहेको समयमा फोन नलाग्ने र लागेपनि कुरा नबुझिने तथा विचमै फोन काटिने समस्याले सेवा ग्राही हैरानित बनेका उहाँले बताउनुभयो । फोन सेवा गतिलो नहुँदा नागरिकले आफन्त संगको खवर संगै समयमा सहि सुचना प्राप्त गर्न नपाएको स्थानिय टंक रोकायाले बताउनुभयो । टेलिफोन सम्बन्धीको यो समस्याले सेवाग्राहीले सास्ती व्यहोर्नु परेको उहाँको गुनासो छ । नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्काले रिपिटर टावरमा पावर नपुगेका कारण समस्या आउने गरेको बताउनुभएको छ । टावरमा राखिएका सोलार पाताले पावर नपुग्ने र अन्य पावर ब्यवस्थानका लागि विकल्प नहुँदा समस्या भएकोे बताउनुभयो ।
जेनेटर सञ्चालनका लागि प्रति घण्टा ३ लिटरका दरले पेट्रोल खर्च उपलब्ध गरेर टावर सञ्चालन गरे पनि प्रयाप्त नभएको र अवत त्यहि पनि उपलब्ध गर्न सकिने अवस्था नरहेको बताउनुभयो । रिपिटर टावरमा राखिएको सोलार पाता र जेनेरेटरले टावरमा प्रयाप्त पावर पुग्न नसकेको बताउनुभयो । कुण्डा क्षेत्रमा वषौँ देखिको फोन समस्याको अझै दिगो समाधान हुन सकिरहेको छैन । नागरिकका आधारभुत आवस्यकता मध्यको महत्वपुर्ण मानिने टेलिफोन, विद्युत्त र खानेपानीको समस्याले कोल्टी क्षेत्रमा नागरीक हैरानित छन ।
नागरिकलाई एक कल फोन गर्न पनि घाम लागेको दिन पर्खिन्ु पर्ने वाध्यताले स्थानिय सरकारलाई गिज्याईरहेको छ । टाढा रहेका संघ र प्रदेश सरकारको कुरा त परछ, नागरिकको नजिकको सरकार मानिने स्थानिय सरकारले पनि नागरिकका जीउँका तीउँ रहेका कतिपय समस्या कुल्चीरहेको स्थानियको आरोप छ ।